आचारसंहिता खारेजीको माग



चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागू गरेको आचारसंहिता खारेजीको माग गरेको छ । संघले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई संघको तर्फबाट ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो ।

बोर्डले दुई वर्षअघि चलचित्र निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा मापदण्डहरू लागू गरेको थियो । सो मापदण्डमा चलचित्र निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट चलचित्र निर्देशन पढेको हुनु पर्ने वा नेपाली चलचित्रमा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो । त्यसैगरी, निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र चलचित्र निर्माण गर्न पाइने व्यवस्था थियो ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मापदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए । संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् ।

संघले बोर्डलाई प्रस्तावित मितिमा हरहालतमा पनि बक्स अफिस लागू गर्न आग्रह गरेको छ । त्यसैगरी, सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्डबीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ ।

जवाफमा अध्यक्ष निकिता पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu