‘पञ्चेबाजा’ मा सौगातको भूमिका कस्तो ?



यस वर्ष लगातार जस्तो पर्दामा आइरहेका नायक सौगात मल्ल स्टारर नयाँ चलचित्र ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले यो चलचित्र आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । बिहीवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘धेरै चलचित्रमा फरक-फरक भूमिकामा काम गरेँ । ‘पञ्चेबाजा’ मा भने मैले एक थिएटरको कलाकारको भूमिका निर्वाहा गरेको छु ।’

‘म थिएटर हुँदै चलचित्रमा प्रवेश गरेको हुँ । चलचित्रमा पनि मैले थिएटरको एक कलाकारको भूमिका प्ले गरेको छु । म स्क्रिप्ट पढ्दा खेरि नै उत्साहित थिएँ । सायद पहिलो पटक म थिएटर कलाकार भएरै चलचित्रमा प्रस्तुत भएको छु ।’ सौगात भन्छन् ।

चलचित्रकी नायिका जस्मिन श्रेष्ठले ‘पञ्चेबाजा’ आफ्नो महत्वकांक्षी प्रोजेक्ट रहेको बताइन् । उनी भन्छन्, ‘चलचित्रको कथा उत्कृष्ट लागेपछि काम गरेकी हुँ । दर्शकलाई चलचित्रले मनोरञ्जन दिनेमा म ढुक्क छु ।’ उनी चलचित्र ‘लुट’ हेरेपछि नायक सौगात मल्लको फ्यान भएको पनि बताइन् । निर्देशक घनश्याम लामिछानेले चलचित्रमा एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको बताए ।

यस्तै, निर्माता राजेश शाही ‘पञ्चेबाजा’ सफल हुनेमा विश्वस्त देखिन्छन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतको अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu