‘पसिना’ मा गौरव र अनुको रोमान्स (ट्रेलर)



मजदुर दिवसको अवसर पारेर वर्ष २०७५ को बैशाख १४ गतेलाई प्रदर्शन मिति लक गर्दे चलचित्र ‘पसिना’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले श्रमिकहरुको पीडा बोल्छ । चलचित्रमा ‘साइँला’ उर्फ गौरव पहारी र नायिका अनु शाह प्रमुख भूमिकामा छन् ।

निर्देशक आर.वि. खत्री ‘शरद’ निर्देशित यो चलचित्रमा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । नन स्टप क्रियशनको ब्यानरमा निर्मित ‘पसिना’ का कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।

चलचित्रमा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ । शिब वि.क.को नृत्य निर्देशन रहेको चलचित्रमा देब महर्जनको द्वन्द्व रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

लक्ष्मी गिरी र रामकाजी बस्नेत सह-निर्माता रहेको चलचित्रका छायाँकार राम के.सी. हुन् । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu