विपिनको ‘नाका’ ट्रेलर सार्वजनिक (भिडियो)



नायक विपिन कार्कीको प्रमुख भूमिका रहेको चलचित्र ‘नाका’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विपिनको हेयर स्टाइल र शैली निकै भिन्न देख्न सकिन्छ ।

नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यो चलचित्रमा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ ।

अमित श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्रमा अभिषेक सुवेदीको पटकथा छ । चलचित्रलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

भिडियो :-

कार्यक्रममा ट्रेलर रिलिज सँगै चलचित्रको प्रमोशनका लागि एक मोवाइल गेम समेत निर्माण गरिएको जानकारी दिइयो । उक्त गेम भने चलचित्र रिलिजको केही दिन अगाडि मात्र सार्वजनिक गरिने छ ।

फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउन लागेको ‘नाका’ का छायाँकार चिन्तन राज भण्डारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu