दीपिका र इरफानको चलचित्र नेपालमा खिचिँदै



‘पिकु’ अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खानले फेरि एकसाथ नयाँ चलचित्रमा काम गर्ने भएका छन् । हाल प्रदर्शनरत चलचित्र ‘पद्मावत’ को सफलताबाट उत्साहित दीपिकाले विशाल भारद्वाजले निर्देशन गर्ने नयाँ चलचित्रका लागि तयारी थालिसकेकी छिन् ।

नाम तय नभएको चलचित्रको २०१८ मार्च ५ बाट नेपालमा छायांकन सुरु गरिने छ । नेपाल छायांकनका लागि चलचित्र यूनिटले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यसअघि यो चलचित्रलाई विशालका सहायक निर्देशक हनी त्रेहानले निर्देशन गर्ने कुरा थियो ।

चलचित्रको बारेमा निर्देशक विशालले भने, ‘मैले चलचित्रको पटकथा करीब २ वर्ष अगाडि नै लेखेको थिएँ । तर यसलाई अब म निर्देशन गर्दैछु । दीपिकासँग काम गर्नका लागि म निकै उत्साहित छु किनकी मलाई उनको काम निकै मन पर्छ ।’

खबरअनुसार, यो चलचित्रमा दीपिका पादुकोणले लेडी डन राहिमा खान उर्फ सपना दीदीको भूमिका निर्वाहा गर्नेछिन् । चलचित्रको कथा उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुनेछ । चलचित्र क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu