मौनताले ‘मिस इको इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने



अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको छ । गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिइन् ।

लाइन्स क्लबअफ काडमाडौका पुर्व अध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकास सिं कार्की, कुटुम्ब ब्यण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगीताको जर्ज प्यानलमा रहेका थिए ।

१ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१८’ लामाले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्प्रर्धा गर्नेछिन् । लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडि यो प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए ।

को हुन् मौनता
कपन निवासी १८ बर्षीय लामा साइन्स बिषय लिएर प्लस टु अध्यायनरत छिन् । प्रयर्टन र सुन्दरता सम्बन्धी प्रतियोगीताको बिभिन्न प्रारम्भिक चरणको छनौट पछि उनले ताज पहिरिन सफल भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu