‘कृ’ को दोस्रो गीत रिलिज, अदितीको प्रेममा अनमोल (भिडियो)



माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘मैले जानी नजानी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा अनमोल र अदिती बुढाथोकीलाई फिचरिङ गरिएको छ । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।

३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको यो गीतको लोकेशन र छायांकन पक्ष अब्बल छ । गीतको भिडियोमा अनमोल र अदिती रोमान्टिक मूडमा देखिएका छन् । सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu