मल्टिप्लेक्समा ‘कृ’ बुकिङ खुल्यो



युवा स्टार अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा मंगलवार साँझबाटै बुकिङ ओपन गरिएको हो ।

चलचित्रलाई क्युएफएक्स सिनेमाले मात्रै १८ शो दिएको छ । चलचित्रले सिभिल मलमा ६ शो, लविङ मलमा ५ शो, कुमारी हलमा ४ शो, जय नेपालमा ३ शो, एफक्यूवमा ६ शो पाएको छ । बुकिङ आक्रामक भएको खण्डमा चलचित्रको शोमा बुधवार साँझबाट वृद्धि हुने निर्माण पक्षको भनाई छ ।

मोफसल वितरणको जिम्मा लिएका मनोज राठीले चलचित्र पूर्वदेखि पश्चिमसम्मका सबै हलहरुमा रिलिज हुने जानकारी दिए । प्राप्त जानकारी अनुसार, यो चलचित्र काठमाडौं र मोफसल गरि कूल ९० वटा सिनेमा हलहरुमा प्रदर्शन हुनेछ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu