‘चि मुसी चि’ मा सुनिल र अलिशाको जोडी



निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्ने नयाँ चलचित्र ‘चि मुसी चि’ बाट चर्चित डान्स ग्रुप ‘नेपाली ठिटोज’ का सुनिल क्षेत्रीले नेपाली रजतपटमा भित्रिने भएका छन् ।

सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा सुनिलको जोडीको रुपमा अलिशा शर्मा देखिँदैछिन् । उनी पनि चर्चित नृत्यांगना हुन् ।

म्यूजिकल थ्रिलर विषयमा निर्माण हुन लागेको चलचित्रमा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि अभिनय रहनेछ ।

‘चि मुसी चि’ मा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, सुरज अधिकारीको संगीत रहनेछ ।

काठमाडौं, इलाम र पोखरामा छायांकन हुने चलचित्र महेश्वर खत्री र सुवास भुर्तेलले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन् भने अरुण गुरुङ र अनिल श्रेष्ठ चलचित्रका सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu