‘हुर्रे’ ट्रेलर रिलिज, केकीका लागि अंकित र राजारामको लडाइँ (भिडियो)



चलचित्र ‘हुर्रे’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडी पाटोलाई देखाइएको छ । यो चलचित्र फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको ‘हुर्रे’लाई चन्दन दत्तले सम्पादन गरेका छन् । ट्रेलरमा चर्चित संगीतकार राजनराज सिवाकोटी पनि प्रस्तुत छन् ।

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्रमा राजाराम पौडेल, केकी अधिकारी, अंकित खड्का, अनुपबिक्रम शाही, संगीता नापित लगायत लिड रोलमा छन् ।

चलचित्रमा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu