शिल्पा र पुष्पको ‘मंगलम’ ट्रेलर रिलिज (भिडियो)



फागुन २५ गते प्रदर्शनमा आउने कन्फर्म भएको चलचित्र ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ । रोदन, एक्सन, प्रेम देखाइएको ट्रेलरमा शिल्पाको प्रेममा नायक द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ ‘दिवाना’ भएका छन् ।

ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् । नीर शाह र मिथिला शर्माको पनि चिलचित्रमा अभिनय छ ।

चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu