महंगा बने खगेन्द्र, भन्छन्, ‘२५ लाखमा काम गर्दिनँ’



जुनसुकै भूमिकामा फिट हुन अभिनेता खगेन्द्र लामिछाने सिपालु छन् । ‘बधशाला’ बाट चलचित्रमा डेब्यु गरेका उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ जस्ता चलचित्रमा काम गरिसकेका छन् ।

उनी अभिनीत नयाँ चलचित्र ‘डमरुकोे डण्डीबियो’ चाँडै प्रदर्शनमा आउँदैछ । योसँगै उनको अभिनयसँगै लेखन रहेको नयाँ चलचित्र ‘जय भोले’ को बिहीवार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरियो । लगालग उनी आफ्नै कथा भएको चलचित्रमा मात्र काम गरिरहेका छन् ।

किन अरुको कथामा विश्वास लाग्दैन ? ‘जय भोले’ को घोषणा सभामा खगेन्द्रले भने, ‘राम्रो स्क्रिप्ट ल्याउनुस् म लेख्नै छाडिदिन्छु । मैले यसो भन्दा राम्रो स्क्रिप्ट कसैले लेख्दैनन् भन्न खोजेको होइन तर म कहाँ चाहिँ राम्रो स्क्रिप्ट आइपुगेका छैनन् ।’

यस्तै, चलचित्र ‘धनपति’ रिलिज लगत्तै उनले आफ्नै अभिनय र कथा भएको खण्डमा एक चलचित्र बापत २५ लाख पारिश्रमिक माग गरेको खबर बाहिर आएको थियो । यस विषयमा पनि उनले मुख खाले । उनले भने, ‘यो ठूलो रकम भयो र ? म यतिमा अहिले फिल्म गदिनँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu