युट्युबमा रुचाइयो ‘लम्फू’ का अडियो गीत, मिल्यो शुभ संकेत



काठमाण्डौ। नेपाली चलचित्रको व्यापार उत्कृष्ट हुनुको पछाडि गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । गीतसंगीतले नै कैयौ चलचित्रले निर्माताको लगानी बचाइदिएका छन् । यस्तै, वर्ष २०७५ बैशाख २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लम्फू’मा समावेश ‘सँगै जिउने सँगै मर्ने..’ बोलको अडियो गीत अहिले युट्युबमा राम्रै हिट भइरहेको छ ।

युट्युबमा चलचित्रका गीतको अडियोलाई निकै न्यून भ्यूज मिल्ने गर्छ । तर, ‘लम्फू’ को हकमा भने यस्तो भएन । ‘सँगै जिउने सँगै मर्ने…’ बोलको अडियो गीतलाई युट्युबमा अहिलेसम्म २ लाखभन्दा बढी पटक सुनिएको छ । १ हजार लाइक्स मिलेको गीतलाई सय बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले गीतको तारिफ गरेका छन् भने भिडियोको प्रतिक्षामा रहेकोे लेखेका छन् ।

‘लम्फू’ मा समावेश अन्य तीन गीत ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ ले पनि युट्युबमा सन्तोषजनक भ्यूज पाएका छन् । चलचित्रका चार गीतले मायाप्रेममा रोमान्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेका छन् ।

‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र शुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । ‘तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् । ‘सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, ‘दोधार दोधारमा’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् ।

गोपालचन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् ।

‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ । ‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ ।

अडियो गीत :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu