नेपाल चलचित्र कलाकार संघको आयोजनामा आगामी चैत १६ गते काठमाण्डौंको आर्मी अफिसर्स क्लव भद्रकालीमा दोस्रो ‘फान अवार्ड –०७३’ आयोजना हुने भएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ को औपचारिक घोषणा गरे ।
२४ विधामा वितरण गर्न लागिएको अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ । आर्मी अफिर्सस क्लबमा हुने अवार्डलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष बोगटीले बताए ।
‘फान अवार्ड’मा उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव-अभिनेत्री, उत्कृष्ट नव-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकार, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको विधामा समावेश छ ।
दोस्रो ‘फान अवार्ड’ को घोषणा सभामा ‘कि एडभरटाईजिङ’ का नवनिर्वाचित कार्यसमितिलाई कलाकार संघले सम्मान पनि गर्यो ।