‘पसिना’ गीतमा अनुको ‘महादेव’ गौरव (भिडियो)



वर्ष २०७५ बैशाख १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच महाशिवरात्रीको अवर पारेर चलचित्रमा समावेश ‘हावा चल्यो सिरिरि’ बोलको गीत सार्वजनिक गरियो ।

गीतमा नायक गौरव पहारी र नायिका अनु शाह फिचरिङ छन् । अनुलाई गौरवले आफ्नो पार्वती बन्न आग्रह गरेका छन् । श्रमिकहरुको पीडा बोल्ने यो फिल्म नन स्टप क्रियशनको ब्यानरमा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका शाहले आफ्नो लागि ‘पसिना’ विशेष रहेको बताइन् । उनले भनिन्, ‘चलचित्रको कथाले मन छोयो अनि काम गरेँ । चलचित्र राम्रो बनेको छ । दर्शकले भरपूर मनोरञ्जन लिनुहुनेछ ।’ कार्यक्रममा नायक गौरव भने अनुपस्थित थिए ।

यस्तै, निर्देशक आर.वि. खत्री ‘शरद’ ले ‘पसिना’ मा सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको बताए । राम केसीको छायांकन, शिब वि.कको नृत्य निर्देशन रहेको चलचित्रमा देब महर्जनको द्वन्द्व रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu