पूर्वबाट ‘जय भोले’ को छायांकन सुरु



कमेडी एवं सोसल ड्रामा भनिएको नेपाली चलचित्र ‘जय भोले’ को छायांकन मंगलबारबाट पूर्वी नेपालको झापादेखि सुरु भएको छ ।

अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भएको हो । उक्त मन्दिर महाभारतमा अर्जुनले वाण प्रहार गरेर पानी निकालेको प्रसंगसँग वर्णित छ ।

शिवरात्री छेकोमा सुटिङ सुरु भएको हो । बरिष्ठ निर्माता, निर्देशक र अभिनेता अशोक शर्मा चलचित्रका निर्देशक हुन् । उनले दशकपछि चलचित्र निर्देशनमा कमब्याक गरेका हुन् ।

झापाको शनिश्चरे बजार, शीतलाबस्ती, गैरीगाउँ लगायतमा पहिलो दिन सुट भएको शर्माले जनाए । स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङले मंगलबार आफ्नो भागमा दृश्य दिए ।

चलचित्रको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ । सलोन बस्नेत, राजाराम पौडेल पनि मुख्य भूमिकामा छन् । चलचित्र वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा बन्न लागेको हो ।

दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा चलचित्रले बोल्नेछ । ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu