‘लम्फू’का तीन पोस्टर एकसाथ सार्वजनिक, तरकारीवाली पनि अटिन् पोस्टरमा



काठमाण्डौ। २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तीन पोस्टरहरु फरक-फरक प्रकृतीका रहेका छन् ।

तीनवटै पोस्टरमा नवनायक कबिर खड्का रहेका छन् । एक पोस्टरमा कबिर एक्लै देखिएका छन् । अन्य दुई पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन् । अर्को पोस्टरमा तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुशुम श्रेष्ठ पनि छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् । उक्त पोस्टरमा कबिर र मरिस्का रोमान्टिक क्षणमा देखिएका छन् ।

तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् । कबिरको साथमा सलोन र सञ्जित भण्डारी रहेका छन् । ‘लम्फू’का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो ।

चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन् ।

‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका यो चलचित्रका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए । सार्वजनिक सबै गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको संगीतकार पोखरेलले बताए । अब छिट्टै ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

Download High Quality Posters Of LAMPHOO
– Poster 1
– Poster 2
– Poster 3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu