चलचित्र ‘साथ-साथ’ बन्ने, रेशासँग आशिषको रोमान्स



नेपाली कथानक चलचित्र ‘साथ-साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेको निर्देशन गर्ने यो चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।

रेशा श्रेष्ठको लगानीमा निर्माण हुने चलचित्रमा शुशील पोख्रेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्रबाट आशिष अर्यालले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । चलचित्रलाई वर्ष २०७५ माघ १ गते रिलिज गर्ने निर्देशक घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘साथ-साथ’ लाई उत्कृष्ट बनाउन मैले आफ्नो तर्फबाट कुनैै कसर बाँकी राख्ने छैन । जोश बोकेको टीम भएका कारण पनि चलचित्र राम्रो बन्नेमा ढुक्क छु ।’

यस्तै, नव-नायक आशिषले ‘साथ-साथ’ आफ्नो करिअरका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘कथा साह्रै मन पर्‍यो अनि मेरो आफ्नो भूमिका पनि । यो चलचित्र मेरो करिअरको टर्निङ प्वाइन्ट बन्छ भन्नेमा आशावादी छु ।’

श्री तिमल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने चलचित्रको कथा कलाकार शुशील पोख्रेलले लेखेका हुन् ।

चलचित्रमा शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रुपेश बाँस्कोटाको संगीत, एन.वी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu