दया र श्वेताको ‘कान्छी’ हलमा



यो बर्षकै प्रतिक्षित चलचित्र ‘कान्छी’ हलमा रिलिज भएको छ । यो चलचित्र आजबाट देशभरका ६० बढी पर्दामा रिलिज भएको छ । ‘चरी चट्ट परि’ र ‘ए कान्छी’ बोलको गीतका कारण पनि यो चलचित्रले राम्रो हाइप बनाएको छ ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रलाई श्वेता आफैंले निर्माण गरेकी हुन् ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu