‘पञ्चेबाजा’ को ‘घिन घिन मादल’ युट्युबमा हिट



शुक्र​वार​बाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र​ ‘पञ्चेबाजा’ सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट अर्थात्, पिजी सर्टिफिकेट दिएको छ । १६ वर्ष उमेर मुनीकाले अब चलचित्र हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । ‘पञ्चेबाजा’​ १ घण्टा ५७ मिनेट लामो छ ।

यो चलचित्रको ‘घिन घिन मादल’ बोलको गीत पनि यतिबेला खुब चर्चामा छ । चिया पसलदेखि विभिन्न साँस्कृतिक कार्यक्रममा अहिले यो गीत राम्रै घन्किरहेको छ ।

युट्युबमा २१ लाख भन्दा बढी ‘भ्यूज’ मिलेको गीतलाई झन्डैै ६ सयको आसपासमा कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतको तारिफ गरेका छन् । ‘पञ्चेबाजा’ को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राख्ने देखिएको छ ।

यो चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ ।

चलचित्रमा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको अभिनय छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

गीत हेर्नुहोस् :- :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu