किरणलाई देखेपछि जुनाले छोपिन् मुख (भिडियो)



गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुराना संगीतकार अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् ।

गीतमा अनिल शाहीकै संगीत संयोजन छ । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।

यसअघि ‘बरीलै…’ तथा ‘माया मैसँग लाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन् ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् ।

अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu