जेठ २५ मा ‘चङ्गा’ उड्ने !



हालै मात्र छायांकन सकाएको चलचित्र ‘चङ्गा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ ले बर्ष २०७५ को जेठ २५ लाई अफिसियल रुपमा चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिए ।

चलचित्रलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । मंगलबार मात्रै चलचित्र निर्माण टिम र एफडी कम्पनिबीच वितरण सम्झौता भयो । चलचित्रको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै, चलचित्रलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जनराको चलचित्रले पारिवारिक तथा सामाजिक कथा बोल्छ । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको चलचित्रमा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन् ।

कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ‘चङ्गा’ मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu