तीन वर्षअघि कोहिनूर चलचित्रको रिलिजकै दौरानमा पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि अभिनेत्री श्वेता खड्का लामो समय डिप्रेसनले थला परिन् ।
तर, पछिल्लो समय पुनः ग्ल्यामर दुनियाँमा रमाउन थालेकी श्वेता आफ्नै निर्माणमा चलचित्र ‘कान्छी’ अहिले सिनेमा घरहरुमा चलिरहेको छ ।
उनी चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चलचित्रको बक्स अफिस कलेक्सन मेरा लागि महत्वपूर्ण होइन । दर्शकले मन पराइदिनु भयो त्यो नै मेरो सबैभन्दा ठूलो सफलता हो । दर्शकको माया र साथ पैसामा किन्न पाइन्न ।’
चलचित्र रिलिजको दोस्रो दिन गोपीकृष्णमा सयौं दर्शकमाझ कहिले पनि फिल्म क्षेत्र नछाड्ने बाचा गरेकी श्वेता चाँडै नयाँ फिल्मको तयारीमा लाग्ने बताउँछिन् ।
उनी अहिले ‘कान्छी’ को सक्सेस सेलिब्रट गर्दैछिन् । यही कारण हुनसक्छ अहिले उनको ओठमा खुसीका मुस्कानहरु लटरम्मै मुस्कुराइरहेका छन् ।