‘नेप्टे’को क्लब गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य रहेको छ । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।

दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् ।

किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् ।

चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu