‘रुपै मोहनी’ लार्इ एक करोड भ्यूअर्स, केक काटेर सेलिब्रेसन (भिडियो)



चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत युट्युबमा १ करोड पटक हेरिने गीतमा समावेश भएको छ । १ करोड भ्यू पुगेसँगै ‘शत्रु गते’ टिमले बिहीवार राजधानीमा एक कार्यक्रम गरी केक काट्दै सेलिव्रेशन गरेको छ।

टंक बुढाथोकी र मीना निरौलाको स्वरमा रहेको उक्त गीत करीब १ महिना अगाडि युट्युबमा अपलोड गरिएको थियो । यो गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।

संयोग पनि गजब परेछ, गीतको करोड भ्यू र चलचित्रका प्रमुख कलाकार पल शाहको जन्मदिन पनि एकैदिन परेको थियो ।

पललाई जन्मदिनको शुभकामना दिँदै चलचित्र यूनिटले संयूक्त रुपमा ‘रुपै मोहनी’ ले युट्युबमा रचेको करोड भ्यूको किर्तिमानी रेकर्डको केक काटे । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, शिवहरी पौडेल, दीलिप रायमाझी लगायतका कलाकारहरु गीतको सफलताको सेलिब्रेट गर्न उपस्थित थिए ।

नायिका आँचल शर्माले आफूहरुभन्दा अग्रजसँग काम गर्न पाएको खुसी शब्दमा अभिव्यक्त गर्न सकिनन् । उनी भक्कानिएर रोइन् । नायक पल शाह पनि आफूले ‘शत्रु गते’ मा काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको बताए ।

‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मको निर्मातामा रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu