मोफसल प्रचारमा ‘मंगलम’ टिम



निर्माता छविराज ओझाद्वारा निर्मित चलचित्र ‘मंगलम’ मोफसल प्रचारमा निस्किएको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले पूर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो ।

चलचित्र यूनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ । नवल नेपाल निर्देशित चलचित्रले पारिवारिक प्रेम कथालाई बोलेको छ ।

चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् ।

चलचित्र फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।

‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu