बन्ने भयो ‘जय शम्भु’, प्रशान्त, अनुप र वर्षा प्रमुख भूमिकामा



अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीलाई प्रमुख भूमिकामा अनुवन्धित गर्दै नेपाली चलचित्र ‘जय शम्भु’ को निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो ।

२०७५ को साउन १ गते प्रदर्शनमा ल्याउन लागिएको यो चलचित्रमा वर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

सोमवारबाट छायांकन सुरु हुन लागेको चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् भने, कार्यकारी निर्मातामा राजकुमार नगरकोटी र चक्र पाख्रिन रहेका छन् ।

यस्तै, अरविन्द्र शाक्य चलचित्रका निर्मातामा छन् । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा छायांकन हुने चलचित्रलाई हरि घले लामाले खिच्ने छन् ।

चलचित्रमा प्रदीप र अर्जुन पोखरेलको संगीत, रुपेश तामाङ र प्रदीपको शब्द, प्रमोद खरेल, मिना निरौला, अञ्जु पन्त र सुगम पोखरेलको स्वर, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व, प्रविण ढकालको सम्पादन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu