अब चैत २ मा दया र प्रियंकाको ‘ह्याप्पी डेज’



चैत १६ लाई रिलिज मिति तय गरेको चलचित्र ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति फेरि हेरफेर गरेको छ । अब चलचित्र दुई साता अगाडि अर्थात्, चैत २ मा प्रदर्शन हुने यसका निर्देशक मिलन चाम्सले जानकारी दिए ।

नयाँ प्रदर्शन मिति घोषणा सँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि आब्हान गरेको छ । जसमा सहभागी हुन इच्छुकले फिल्ममा समावेश ‘चेप्टे चेप्टे’ गीतमा कभर भिडियो बनाउनु पर्ने छ । कभर भिडियो जुनसुकै युट्युब च्यानलबाट अपलोड गरिए पनि त्यसको लिंक ‘हयाप्पी डेज’ को अफिसियल फेसबुक पेजमा पढाउनु पर्ने छ ।

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले जिेता घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्ने छ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ ।


सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई रामकुमार केसीले खिचेका हुन् ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

रोमान्टिक ड्रामा मिश्रित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu