खगेन्द्रको ‘डमरुको डण्डीबियो’ रिलिज कन्फर्म



खगेन्द्र लामिछाने स्टारर चलचित्र ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति पक्का भएको छ । दुई नयाँ सार्वजनिक पोष्टरमा फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को बैशाख २१ उल्लेख छ ।

नेपालमा लोप हुँदै गइरहेको डण्डीबियोको कथालाई उठ्ठान गरेको फिल्मलाई स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गरेका हुन् । छेतेनले यसअघि नोभेम्वर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखिसकेका छन् ।

चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको चलचित्रमा खगेन्द्रकै लेखन छ । प्रितम पाण्डेको सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu