होलीमा यसरी रंगिए कलाकार (फोटोसहित)



सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष झैँ अभिनेत्री करिश्मा मानन्धरले यसपालि पनि होली विशेष जमघट गरिन् ।

करिश्माले गोदावरीस्थित आफ्नो निवास तथा भिलेज स्टुडियोमा आयोजना गरेको होलीमा दर्जनौं चलचित्रकर्मी उपस्थित थिए ।

चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘शत्रु गते’ टिमले बानेश्वरमा रेडियो अडियोसँग मिलेर संयूक्त होली विशेष कार्यक्रम राखेको थियो ।

जहाँ चलचित्रका कलाकारहरु पल शाह, आँचल शर्मा, दीपकराज गिरी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, दीपाश्री निरौला सँगै हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्री लगायतले होलीको शुभकामना आदान-प्रदान गर्दै आफ्नो प्रस्तुतीले दर्शक नचाए ।

प्रत्येक वर्ष झैँ निर्माता छविराज ओझाले यस वर्ष पनि मध्यबानेश्वरस्थित आफ्नो अफिस छविराज प्रोडक्सनमा होली आयोजना गरे भने गोपीकृष्ण मुभिज र टिभी फिल्मले पनि होली विशेष कार्यक्रम आयोजना गरे ।

यस्तै, अभिनेत्री श्वेता खड्काले तीन वर्षपछि घरमै बसेर होली खेलिन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनी रंगको सामुन्ने कहिल्यै परेकी थिइनन् ।

पोखरामा फिल्म ‘रामकहानी’ को छायांकनमा व्यस्त अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापा, हास्यकलाकार केदार घिमिरे, अभिनेता आकाश श्रेष्ठलाई रंग दल्दै होली मनाइन् । अभिनेत्री रेखा थापा आमाको हातबाट रंगले रंगिएपछि साथीहरुसँग रमाइलो गर्दै होली खेलिन् ।

अभिनेता भुवन केसीले छोरा अनमोल केसी र प्रेमिका भनिएकी जिया केसीलाई रंग दलेर होलीको सुरुवात गरे । निर्देशक दीवाकर भट्टराई होली मनाउन केसी निवासमा नै पुगेका थिए । उनले अभिनेत्री दीपिका प्रसाईँसँग पनि रंग दल्दै खुसी साटासाट गरे ।

नेपाली कलाकारहरुले होलीमा रंगिएका तश्वीरहरु सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् । अभिनेता सरोज खनाल, अभिनेत्री रजनी केसी, निर्माता सन्तोष सेन, अभिनेत्री सारिका घिमिरे, निर्माता सुनिल कुमार थापा, निर्माता माधव वाग्ले लगायतका सयौं चलचित्रकर्मीहरुले नाचगान, रंग छ्यापाछ्यापसँगै खानपिन गर्दै दिउँसो अबेरसम्म होली खेले ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu