युट्युबको नेपाल ट्रेन्डिङ एकमा ‘शत्रु गते’ ट्रेलर



चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको बहुप्रतिक्षीत चलचित्र ‘शत्रु गते’ को ट्रेलर इन्टरनेट रिलिजको २५ घण्टा पनि नवित्दै युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा आएको छ ।

यो ट्रेलर शुक्रवार दिउँसो ३ बजे अपलोड गरिएको थियो । युट्युबमा ‘शत्रु गते’ ट्रेलरलाई ३ लाख ७७ हजार बढी ‘भ्यू’ र १२ हजार लाइक्स मिलेको छ । कमेन्टमा अधिकांशले ट्रेलरको तारिफ गरेका छन् । यस्तै, चलचित्रको ट्रेलर युट्युबको दुबई ट्रेन्डिङ २१ नम्वरमा परेको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रको ट्रेलरमा ‘शत्रु गते’ का अधिकांश लिड कलाकारलाई समावेश गरिएको छ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu