करिश्माको ‘हिरोज’ ट्रेलर सार्वजनिक (भिडियो)



अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । चैत २३ गतेलाई प्रदर्शन मिति तय गरिएको एनबि महर्जन निर्देशित चलचित्रको ट्रेलर रोमान्स र एक्सनयूक्त छ ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको चलचित्र कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

चलचित्रको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको चलचित्रप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउँछिन ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu