राजेन्द्र खड्गीलाई जेल चलान



मानव तस्करीको अभियोगमा पक्राउ गरेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो ।

कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका १२ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले माघ २५ गते काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu