‘शत्रु गते’ ले थाल्यो मोफसल टुर



चैत ९ गतेलाई प्रर्शन मिति कन्फर्म गरिएको यस वर्षको प्रतिक्षीत चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर सुरु गरेको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले चलचित्रको मोफसल टुर आरम्भ गरिएको हो ।

टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेका छन् ।

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौंडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेललगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने, यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu