‘पर्ख पर्ख मायालु’ को करोड सेलिब्रेसन



प्रतिक्षीत नेपाली चलचित्र ‘मंगलम’को लोक लयको ‘पर्ख पर्ख मायालु’ बोलको गीतलाई एक करोड भन्दा बढि पटक हेरिएको छ । इन्टरनेटको दुनियाँमा दश मिलियन (एक करोड) भ्यूज प्राप्त हुनु सामान्य कुरा रहेतापनि नेपालको जनसंख्याको आधारमा भन्ने हो भने यो आँकडा निकै सफल हो ।

नेपाली भाषाका भिडियो सामग्रीहरु बिश्वव्यापी नभएपनि संसारभर रहने नेपालीहरुको इन्टरनेट सक्रियताको आधारमा दश मिलियन पटक हेरिनु निकै उत्साहपूर्ण सफलता हो ।

६ महिना अगाडि युट्युबमा अपलोड भएको उक्त गीतले मंगलबार साँझ १ करोड बढि ‘भ्युअर्स’ को किर्तिमानी कायम गरेको हो । यसै अवसरमा बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले युट्युबमा गीतलाई करोड पटक हेरिएको अवससरमा केक काटेर सेलिब्रेसन गर्‍यो ।

गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । शिल्पा पोखरेल र पुष्प खड्का छमछम नाचेको गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।

चलचित्रमा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu