दाइजोको पीडा झल्काउने ‘भोर’ टिजर (भिडियो)



तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजिएको चलचित्र ‘भोर’ को टिजर सार्वजनिक भएको छ ।

आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रका निर्देशक यादवकुमार भट्टराई हुन् । उनले यसअघि चलचित्र ‘झोला’ निर्देशन गरेका थिए ।

निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

कृष्ण धाराबासीको लेखनमा तयार भएको चलचित्र ‘भोर’ मा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख अभिनयमा छन् ।

चलचित्रका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । चलचित्रमा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायांकन गरेको चलचित्र ‘भोर’ का निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् ।

टिजर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu