‘भैरे’ को ‘सान्नानीलाई भेट्न आउँदा’ गीत रिलिज (भिडियो)



वर्ष २०७५ को जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको नेपाली चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो ।

गीतको भिडियोमा अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी फिचर छन् । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन गज्जब छ । उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन् । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । सूर्य थोक्करको द्वन्द्व रहेको चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले चलचित्रको सम्पादन सम्हालेका छन् ।

भिडियो :-

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा अञ्जु पन्त र प्रमोद खरेलले पनि स्वर दिएका छन् । नेपालय सिनेमा ईन्टरनेशनलको क्यानरमा यो चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu