आशिरमान र सलोनको ‘द ब्रेकअप’ घोषणा



चलचित्र ‘द ब्रेकअप’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । आशिरमान देशराज जोशी, शिल्पा मास्के, सलोन बस्नेत, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहने चलचित्रलाई हेमराज विसीले निर्देशन गर्दैछन् । कथा पनि उनी आफैंले लेखेका हुन् ।

अष्ट्रेलिया र पोखरामा खिचिने चलचित्रको आइतवारबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्देशक विसीले लभस्टोरी र कमेडी जनरामा चलचित्र बन्ने जानकारी दिए । उनले भने, ‘राम्रो चलचित्र बनाउने सोचले अगाडि बढेका कारण फ्लोरमा जान समय लागेको हो ।’

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रका लागि आशिरमानलाई १५ लाख पारिश्रमिकमा अनुवन्धित गरेको निर्माण टिमबाट खबर प्राप्त छ । ‘ग्याङस्टार ब्लूज’ बक्सअफिसमा असफल भएपछि ‘ब्रेकअप’ बाट आशिरमानलाई हटाइएको खबर पनि बाहिर आएको थियो ।


यस विषयमा जानकारी दिँदै निर्माता अधिकारीले भने, ‘यो गलत हल्ला हो । हाम्रो पहिलो र अन्तिम रोजाई नै आशिरमान हुन् ।’ आशिरमानले पनि यो खबरलाई गलत भने ।

उनी भन्छन्, ‘राम्रो चलचित्र बनाउनका लागि समय लिएका मात्र हौं । यदी म निस्केको भए फेरि किन ‘द ब्रेकअप’ मा जोडिएँ ?’ चलचित्रमा सलोन भएपछि लिड अभिनेतालाई थ्रेट हुन्छ भनिन्छ ।

आशिरमानलाई सलोनको उपस्थिति महंगो पर्ने त होइन ? पत्रकारको प्रश्नमा उनले भने, ‘आफूले राम्रो काम गर्ने हो । चलचित्रमा कसले कसलाई छायाँमा पार्छ भन्ने कुरा ठूलो होइन । म राम्रो काम दिने प्रयास गर्नेछु ।’

चलचित्रको प्रदर्शन मिति वर्ष २०७५ को भदौ १५ गतेलाई कन्फर्म गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu