‘तिमीसँग’ को ट्रेलर सार्वजनिक (भिडियो)



नेपाली चलचित्र ‘तिमीसँग’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ, रोमान्स तथा ड्रामाको स्वाद पस्किएको छ ।

शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ ।

चैत २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।

रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन चलचित्रमा छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu