दयाहाङको ‘नेप्टे’ ट्रेलर सार्वजनिक (भिडियो)



चलचित्र ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार औपचारिक प्रेसमिट गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा अभिनेता दयाहाङ राई भिलेन बनेका छन् । ट्रेलरमा प्रेम, रोमान्स, एक्सनको कथा देखाउन खोजिएको छ ।

चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता जय किशन बस्नेतको केमियो रहेको चलचित्र ‘नेप्टे’ आँउदो चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu