‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत सार्वजनिक



बैशाख १४ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतको यो लिरिकल भिडियो मात्र हो ।

गीतमा चलचित्रमा समावेश केही रोचक तस्विरहरु पनि देखाइएको छ । गीतको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । सफल म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले पहिलो पटक ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका हुन् ।

केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको यो चलचित्रले तीन यूवतीको कथा भन्नेछ ।

सुन्नुहोस् गीत :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu