सकियो ‘शत्रु गते’ को मोफसल टुर



आउँदो चैत्र ९ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । चलचित्रको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो ।

रुस्लान भोड्कासँगको सहकार्यमा ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए ।

गत फागुन २३ मा हेटौंडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुँदै ३० गते इटहरी पुगेर सकिएको हो ।


माथी उल्लेखित ठाउँमा आयोजना गरिएको कन्सर्टमा दर्शकको उपस्थिति उत्साहजनक रहेको प्रस्तुतकर्ता किरण केसी बताउँछन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जनलगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu