हलमा नीता र सरोजको ‘पञ्चायत’



फ्राईडे रिलिज अन्तर्गत यो हप्ता नेपाली चलचित्र ‘पञ्चायत’ ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्रले देशभर पाँच दर्जनभन्दा बढी हल पाएको छ ।

अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगानाको प्रमुख भूमिका रहेको चलचित्रका निर्देशक शिवम् अधिकारी हुन् ।

यो चलचित्रले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विभिन्न अवार्डसमेत जितेको छ । ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ ।

ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने चलचित्रमा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।


यो चलचित्रसँगै विना प्रचार स्वर्गीय निर्देशक दिपक रायमाझी निर्देशित ‘डेस्टिनेशन काठमाडौं’ र एनआर घिमिरेले निर्देशन गरेको चलचित्र ‘इन्काउन्टर गल्ली’ पनि प्रदर्शनमा आएको छ ।

‘डेस्टिनेशन काठमाडौं’ मा दीलिप रायमाझी र झरना थापा प्रमुख भूमिकामा छन् । यस्तै, ‘इन्काउन्टर गल्ली’ मा गजित बिष्ट, नवराज राउत, स्वेता खड्का लिड रोलमा छन् ।

यी नेपाली फिल्मसँग बलिउड सुपरस्टार अजय देवगन र इलियाना डिक्रुजको चलचित्र ‘रेड’ ले पनि प्रदर्शन आरम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu