शम्भुजीतको जन्मदिनमा ‘चौका दाउ’ घोषणा



बिहिबार राजधानीमा एक समारोहबीच चलचित्र ‘चौका दाउ’ को निर्माण घोषणा गरिएको छ । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।

बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो चलचित्रको निर्माण घोषणा गरिएको हो । बैशाखबाट छायांकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । चलचित्रका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरियो । यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो । नायक र नायिकाको चयन हुन बाँकी छ ।

घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा सशक्त र रमाईलो रहेकाले आफुले यो चलचित्रमा अभिनय गर्न लागेको बताए । यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् ।

यसमा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu