पुरनलाई ऋचा सजिली, ‘फेरि–फेरि’ सेटबाट बाहिरिए यस्ता तश्बिर



पुरन थापाको लेखन, निर्माण र निर्देशनको कमेडी चलचित्र ‘फेरि–फेरि’ को झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ ।

माघ तेश्रो सातादेखि सुटिङ थालिएको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

चलचित्रको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्वन्द्व दृश्यको छायांकन गरियो । फिल्मको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचिएको निर्देशक पुरनले जनाए । ‘चलचित्र निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय चलचित्र बनाउन कुनै कसर बांकी राखेको छैन ।’

‘फेरि–फेरि’ को काठमाडौ उपत्यकाका भित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । चलचित्रको द्वन्द्व एनबि महर्जनले निर्देशन गरेका छन् । आफ्ना बिगतका चलचित्र भन्दा ‘फेरि–फेरि’ मा बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए ।

त्यसैगरी, ऋचाले आफूले बिगतका चलचित्रमा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै ‘फेरि–फेरि’ मा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् ।

सुरेश बज्राचार्यले खिचिरहेको चलचित्रको निर्मातामा पुरनका छोरा निरज थापा छन् । चलचित्रलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना पुरनको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu