‘चङ्गाचेट’ मा आयुष्मानको जोडी प्रियंका कि परमिता ?



चलचित्र ‘चपली हाईट २’ रिलिज लगत्तै प्रेम सम्बन्धलाई औपचारिक रुपमा टुंग्याएका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री परमिता राज्यलक्ष्मी रानाले फेरि सँगै एउटै चलचित्रमा काम गर्ने भएका छन् ।

निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’ मा यो ‘एक्स कपल’ ले सँगै काम गर्न लागेका हुन् ।

अझ, रोचक कुरा त यो चलचित्रमा आयुष्मानकी वर्तमान प्रेमिका प्रियंका कार्की पनि लिड रोलमा छिन् । उसो भए आयुष्मानको रोमान्स कोसँग त ? दीपेन्द्रले भने, ‘चङ्गाचेट’ मा आयुष्मान र प्रियंकाको जोडी बाँधिएको छ ।’


उनका अनुसार, चलचित्रमा परमिताको पनि लिड रोल छ । एउटै चलचित्रमा आयुष्मान पूर्व र वर्तमान प्रेमिकासँग काम गर्दैछन् । दर्शकलाई उक्त चलचित्रको प्रतिक्षा अब खुब रहनेछ ।

रविन्द्र झा, ऋचा शर्मा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायतका कलाकाहरुको पनि अभिनय रहने कमेडी जनरामा निर्माण हुन लागेको यो चलचित्रका निर्माता माधव वाग्ले हुन् ।

जनकपुर, काठमाडौं र पोखरामा खिचिने चलचित्रमा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu