रमाइलो छ ‘अमेरिका बोइज’ को टिजर (भिडियो)



जेष्ठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अमेरिका बोइज’ को टिजर सार्वजनिक भएको छ । टिजर कमेडीले भरिएको छ ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, श्रृष्टी कार्की, अभय बराल, आशिश प्रसाईँ, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

निर्देशक पौडेल आफैंले उक्त चलचित्रको कथा लेखेका हुन् । प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको चलचित्रको लागत दुई करोड रहेको बताइएको छ ।

समिर खरेल चलचित्रका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।

चलचित्रलाई अलोक सुक्लाले खिचेका हुन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu