‘लम्फू’ दोश्रो गीत रिलीज, मरिश्का परिन् दोधारमा (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परेँ म’को भिडियो रिलीज भएको छ । यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् ।

२०७५ बैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतमा नायिका मरिश्का पोखरेलको अभिनय रहेको छ भने नव-नायक कबिर खड्का पनि भिडियोमा छन् । यस गीतका कोरियोग्राफर शिव विक हुन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu