यस बर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र ‘लिलिबिली’ का तीन रोमान्टिक पोष्टरहरु सार्वजनिक भएका छन् । यस पोष्टरमा युवा स्टार प्रदीप खड्का र नव-नायिका जसिता गुरुङलाई समावेश गरिएको छ ।
मिलन चाम्स निर्देशित यो चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।

स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा चलचित्रको छायांकन गरिएको हो । यस चलचित्र चैत ३० गतेबााट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।






