फ्लोरमा ‘लखपती माग्ने’



नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लखपति माग्ने’ को छायांकन सुरु भएको छ ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्रका निर्माता भने प्रकाश चन्द्र महर्जन हुन् । चलचित्रको सह-निर्मातामा भने राजेश खड्गी रहेका छन् । सवनम आफैंले लेखेको ‘लखपति माग्ने’ को पचली भैरवबाट छायांकन आरम्भ भएको हो ।

चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुको जमघट रहेको छ । मुख्य कलाकारहरुमा कमलमणी नपाली, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल रहेका छन् ।

चलचित्रमा शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत रहेको छ भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत रहेको छ ।

चलचित्रमा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा ‘किम्भे’ ले चलचित्रको सम्पादन गर्नेछन् । काठमाडौं र धुलिखेलमा चलचित्र खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu